
जनस्वास्थ्य सरोकार, रसुवा । मानसिक रोगसम्बन्धी समस्या समयमै समाधान गर्न स्थानीयस्तरबाटै परामर्श सेवा दिन थालिएको छ । परामर्श सेवाका लागि नुवाकोटको त्रिशूली एवं काठमाडौँ जानुपर्ने समस्या समाधानका लागि बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले प्रत्येक महिनाको चौथो बिहीबार रसुवा अस्पतालमा वरिष्ठ मनोचिकित्सक उपलब्ध गराउन थालेको हो ।
जिल्ला अस्पताल धुञ्चेका मेडिकल सुपरिटेण्डेन्ट डा. शान्ति भुर्तेल नेपालका अनुसार १२ जना स्थानीय बासिन्दाले यस्तो सेवा प्राप्त गरिसकेका छन् । मनोसामाजिक परामर्शका लागि रसुवामा कार्यरत स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन बाँकी रहेको र हिमाली क्षेत्रमा बढ्न सक्ने मानसिक समस्या समयमै समाधान गर्न प्रदेश सरकारले रसुवा अस्पतालको शय्याबाट विशेष सेवा प्रदान गरेको चिकित्सकले बताएका छन् ।
मानसिक रोगको समस्या समाधानमा सहजीकरणका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बागमती प्रदेशका लागि खटाएको प्रतिनिधिले रसुवामा समेत भ्रमण गर्ने गरेको अस्पतालले जनाएको छ । वरिष्ठ मनोविज्ञ डा सुरज तिवारीले प्रत्येक महिनाको चौथो बिहीबार धुञ्चेस्थित अस्पतालबाट सेवा दिने भएकाले स्थानीयस्तरको सेवा अधिकतम् उपयोग गर्न जिल्लावासीसामु अनुरोध गरिएकोसमेत डा.भुर्तेलले बताए ।
यस्तै रसुवा अस्पतालमा ल्याब टेक्निसिएन नहुँदा उपचार सेवामा असर परिरहेको छ। ल्याब तथा एक्सरे सञ्चालन गराउने दक्ष जनशक्ति व्यवस्थाका लागि सहयोग गरिदिन यहाँ क्रियाशील नागरिक समाज, पत्रकारलगायत सरोकारवाला निकायसामु डा. भुर्तेलले आग्रह गरे । रासस
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


