
एजेन्सी । भारतमा आजदेखि १८ वर्षदेखि ६० वर्ष माथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिइने भएको छ ।
१८ वर्षदेखि ६० वर्ष माथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिइने त्यँहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा लगाएको ९ महिना पूरा भएका व्यक्तिले मात्र बुस्टर डोज लगाउन पाउने छन् ।
६० वर्षभन्दा माथिका नागरिक र फ्रन्टलाइनमा खटिएकाहरुले बुस्टर डोज निशुल्क पाउने मन्त्रालयले जनाएको छ । निजी खोप केन्द्रहरुले कोरोनाविरुद्धको बुस्टर डोज लगाए बापत १५० रुपैयाँसम्म शुल्क लिनेछन् ।
करिव ८६ प्रतिशत भारतीय नागरिकले हालसम्म कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन् । त्यस्तै आधिकारिक तथ्याङ्क अनुसार भारतमा हालसम्म कोरोनाविरुद्ध खोप लगाउनेको कूल संख्या १८५ करोड पुगेको छ ।
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


