
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत परीक्षाको उत्तर पुस्तिकामा रोल नम्बर, गलत नम्बर र रोल नम्बरको बबल नभरेका परीक्षार्थीहरुको नतिजा रद्ध गरेको छ ।
परीक्षार्थीहरुले ओएमआर सिट भर्दा आधारभूत प्रक्रिया पूरा नगरेका कारण नतिजा प्रकाशनको प्रक्रियामा प्राविधिक र कानूनी अड्चन आएको आयोगले जनाएको छ ।
फागुन २६ गते प्रवेश परीक्षा तालिका प्रकाशन गर्दा सूचनाको बुँदा नं ३ मै परीक्षार्थीहरुले उत्तर पुस्तिकाको (ओएमआर सिट) मा रोल नम्बर र प्रश्नपत्रको सेट बबलमा अनिवार्य भर्नुपर्ने कुरा उल्लेख गरिएको आयोगका सदस्य सचिव डा भोजराज काफ्लेले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘परीक्षा तालिका प्रकाशन गर्दा, प्रवेश पत्रमा, परीक्षार्थीलाई उपलब्ध गराइएको प्रश्न पत्र समेत सो प्रक्रियाबारे विद्यार्थीलाई सचेत गराउँदा पनि कतिपय परीक्षार्थीहरुले गल्ति गरेको हुँदा नतिजा रद्ध गरिएको हो ।’
यसबाट सम्बन्धित परीक्षार्थी र सरोकारवालामा पर्न गएको असुविधाप्रति आयोगले दुःख व्यक्त गरेको छ ।

अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
