
जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा डा.झलक शर्मा गौतम चयन हुनु भएको छ । काठमाडौंमा जारी संघको चौथो राष्ट्रिय महाधिवेशनले डा. झलकलाई अध्यक्षमा चयन गरेको हो ।
महाधिवेशनले डा.झलकको अध्यक्षतामा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । त्यस्तै महासचिवमा डा.सन्तोष पौडेलको नाममा सहमति भएको छ । सहमति भए पनि औपचारिक घोषणा हुन बाँकी छ ।
सहमति अनुसार चार उपाध्यक्षमा रामहरी ढकाल, सारदा खनाल, जगत नेपाली र भिमराज सिंह रहनेछन् । त्यसैगरी उपमहासचिवमा हिमालय तिवारी र अमृता वराल चयन हुनुभएको छ । यस्तै कोषाध्यक्षमा अञ्जु बस्नेत सर्बसम्बत चयन हुनुभएको छ ।
यस्तै‚ निवर्तमान अध्यक्ष रामबहादुर चन्दलाई सल्लाहकार समितिको अध्यक्ष बनाइएको छ । लेखा आयोगको अध्यक्षको जिम्मेवारी त्रिलोक गुरुङ्गलाई दिने तयारी भएको छ।
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


