
एजेन्सी । भारतको गुजरातमा ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्स ई’ पुष्टि भएको छ । भारतमा नयाँ भेरियन्ट देखिन थालेपछि नेपालमा पनि जोखिम बढेको छ । बडोदरा सहरको ६० वर्षीय एक पुरुषमा शनिबार ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्स ई’ पुष्टि भएको हो ।
गत मार्च ११ मा कोरोना परीक्षण गर्दा उनमा संक्रमण देखिएको थियो । तर संक्रमित पुरुषमा कुनै लक्षण देखिएको थिएन।उनको नमूना जीनोम सिक्वेन्सिङका लागि पठाइएको थियो । परीक्षण गर्दा उनमा एक्स ई भेरिएन्टको सङ्क्रमण भएको पुष्टि भएको छ।
गत बिहीबार महाराष्ट्रमा दक्षिण अफ्रिका यात्रा गरेर फर्किएकी ५० वर्षीया महिलामा उक्त भेरियन्ट देखिए पनि पुष्टि गरिएको थिएन । ‘एक्स ई’ भेरिएन्ट अन्य भेरिएन्टको तुलनामा १० गुणा बढी संक्रामक मानिएको छ।
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


