नेभिगेशन

दक्षिण कोरियामा एकैदिन थपिए १ लाख ६४ हजार बढी कोरोना संक्रमित

दक्षिण कोरियामा २४ घण्टाको अवधिमा १ लाख ६४ हजार ४ सय ८१ नयाँ कोरोना संक्रमित थपिएका छन्। यससँगै दक्षिण कोरियामा कुल संक्रमितको संख्या १ करोड ५३ लाख ३३ हजार ६ सय ७० पुगेको स्वास्थ्य अधिकारीहरुले आइतबार बताएका छन्।

दक्षिण कोरियमा हाल अत्यधिक रुपमा कोरोना भाइरस ओमिक्रोन भेरियन्ट फैलिएको जनाइएको छ । गत २४ घण्टामा फेला परेका संक्रमितमध्ये २८ हजार ९०१ जना सोलका बासिन्दाहरु रहेका छन् । ग्योन्गी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्चेनमा बसोबास गर्ने नयाँ संक्रमितको संख्या क्रमशः ४२ हजार ३ सय ५३ र ८ हजार ५ सय ९४ रहेका समाचारमा जनाइएको छ।

हाल गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा १५ ले बढेर १ हजार १ सय १४ पुगेको छ । कोभिड–१९ बाट थप ३ सय २९ जनाको मृत्यु भएको पुष्टि भएसँगै हाल दक्षिण कोरियामा कोरोनाबाट कुल मृतकको संख्या १९ हजार ४ सय २१ पुगेको छ। कुल मृत्यु दर ०.१३ प्रतिशत रहेको समाचारमा जनाइएको छ।

त्यहाँ चार करोड ४५ लाख १४ हजार ४६२ जनाले कोरोना भाइरसविरुद्ध खोपको दुई डोज प्राप्त गरेका छन् कोरोनाको दुई डोज प्राप्त गर्ने यो संख्या कूल जनसंख्याको ८६.७ प्रतिशत भएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट