
जनस्वास्थ्य सरोकार, काठमाडौं । पूर्वप्रहरी तथा बहालवालाका परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई रु दुई करोड हस्तान्तरण गरेको छ ।
अस्पतालको ३८औँ वार्षिकोत्सव समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले रु दुई करोडको चेक अस्पतालका मेडिकल निर्देशक, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहलाई हस्तान्तरण गर्नुभयो ।
सोही क्रममा महानिरीक्षक थापाले अस्पताल परिसरमा रहेको पूर्व प्रहरी अधिकृत प्रतिक्षालयको उद्घाटन गर्नुभएको थियो । समरोहमा प्रहरी महानिरीक्षक थापाले अस्पताललाई अहिलेको अवस्थामा ल्याउन पूर्व महानिरीक्षकले निर्वाह गरेको योगदानको प्रशंसा गर्दै कोभिड–१९ को सङ्क्रमणका समयमा नेपाल प्रहरी अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय रहेको स्मरण गर्नुभयो ।
उहाँले आगामी दिनमा नेपाल प्रहरी अस्पतालबाट प्रवाह हुने सेवा अझै उत्कृष्ट हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरी अस्पतालको विद्यमान सेवालाई अझ व्यवस्थित गर्न र अस्पतालको दीर्घकालीन विकासका लागि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल प्रहरी श्रीमती सङ्घको तर्फबाट अध्यक्ष सिर्जना थापाले अल्ट्रासाउन्ड र फिजियोथेरापीका लागि प्रयोग हुने यन्त्र उपकरण हस्पतान्तरण गर्नुभएको थियो । वार्षिकोत्सवका अवसरमा सङ्घका पदाधिकारीले अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण पनि गरेको थियो ।
यस अवसरमा अस्पतालको सेवा प्रवाहमा अविस्मरणीय योगदान गर्दै २५ वर्ष अनवरत सेवा गर्ने प्रहरी कर्मचारीलाई कदरपत्र प्रदान गरियो । अस्पतालका मेडिकल डाइरेक्टर, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर रहेको बताउनुभयो । रासस
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
