
जनस्वास्थ्य सरोकार, तनहुँ । जंगली च्याउ खाएर बिरामी भएकी तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँकी ४७ वर्षीय सुनिमाया थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गत चैत १८ गते जंगलमा च्याउ खोजेर घरमा ल्याएर खाँदा बिरामी भएकी उनको आइतबार नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
च्याउ खाएर बिरामी भएपछि सुनिमाया थापालाई दमौली अस्पतालमा उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
च्याउ खाँदा अन्य दश जना बिरामी भएका थिए । बिरामीहरूमध्ये केही अझै अस्पतालमै रहेको र केहीभने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३ट्रेन्डिङ
