
जनस्वास्थ्य सरोकार, लमजुङ । लमजुङमा शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको टाइफाइडविरुद्धको खोप अभियान चैत ३० गतेसम्म संचालन हुने स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।
लमजुङमा पानी र खानाजन्य रोगको संक्रमणमध्ये २० प्रतिशतमा टाइफाइड हुने गरेको छ । तीन वर्षको तथ्याङ्क अनुसार यहाँ वर्षेनी करिब तीन हजारमा टाइफाइड हुने गरेको छ । देशभरी एकै चरणमा चैत २५ देखि वैशाख १८ भित्र सम्पन्न गर्ने भए पनि लमजुङमा भने २५ देखि ३० चैतसम्म अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए ।
उनका अनुसार जिल्लाका १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई एक मात्रा खोप लगाइनेछ । ४१ हजार दुई सय १६ जना बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको उनको भनाइ छ । नियमित खोप मार्फत१५ महिनाका सबै बालबालिकालाई एक मात्रा खोप निरन्तर उपलब्ध गराइने लक्ष्यका साथ अभियान सञ्चालन भएकोे दवाडीले बताए ।
नेपालमा पाँच वर्षको तथ्याङ्कअनुसार हरेक वर्ष करिब चार लाख ५० हजार जना टाइफाइड संक्रमित हुने गरेका छन् ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
