नेभिगेशन

नर्भिक अस्पतालले निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प चलाउने

जनस्वास्थ्य सरोकार, काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा १० जना विशेषज्ञहरुलाई सहभागी गराई क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने भएको छ ।

नर्भीक अस्पतालले बैशाख १ गते २९औं वार्षिकोत्सव मनाँउदैछ । अस्पतालले वार्षिकोत्सवको अवसरमा आगामी शनिबार १६ अप्रिलमा निःशुल्क क्यान्सर स्क्रिनिङ क्याम्प सञ्चालन गर्ने भएको हो।

क्याम्पमा क्यान्सरसँग सम्बन्धित डा.एलिजा श्रेष्ठ, डा.बानिरा कार्की, डा.दीप लामिछाने, डा.सुदीप शाक्य, डा.सुचित्रा तुलाधार, डा.आरोग्य कँडेल, डा.रमिला डंगोल, डा.श्वेता बराल र डा.विवेक खनाल लगायतका १० जना विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहनेछ ।

क्यान्सर विशेषज्ञहरुको टिमले शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म निःशुल्क सेवा दिने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट