
एजेन्सी । लोडसेडिङ र औषधि अभावका कारण श्रीलंकामा ठुलो संख्यामा मानिसहरुको मृत्यु हुन सक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । हृदयघातको उपचार गर्ने औषधि र नवजात शिशुहरूलाई सास फेर्न मद्दत गर्ने ट्यूबहरूको देशभर अभाव रहेको चिकित्सकहरुले बताएका छन् ।
लोडसेडिङले श्रीलंकाको ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीलाई बिरामीको घाउमा टाँका लगाउन समस्या भएको र अँध्यारोमै उपचार गर्न बाध्य बनाएको छ । जसका कारण नियमित शल्यक्रियाहरु स्थगित भएका छन् ।
प्रयोगशाला परीक्षणमा कमी आएको छ । औषधि र स्वास्थ्य सामाग्री अभावको विरोधमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरू सडकमा उत्रिन थालेका छन् ।
‘श्रीलंकाका सबै अस्पतालहरू ध्वस्त हुने अवस्थामा छन्’, सरकारी मेडिकल अफिसर्स एसोसिएसनका सचिव डा.सेनल फर्नान्डोका अनुुसार ‘अबको दुई हप्तामा अवस्था बिग्रन्छ र अहिले नै काम नगरे मानिस मर्न थाल्छन् ।’
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


