नेभिगेशन

नेपाल फार्मास्युटिकल एसोसिएशनले मनायो ५० औँ वार्षिकोत्सव

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल फार्मास्युटिकल एसोसिएशनको ३८ औँ साधारण सभा तथा ५० औँ वार्षिकोत्सव मनाएको छ ।

सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भव्य समारोहबिच साधारण सभा र वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरिएको हो ।

साधारण सभाले नयाँ कार्यसमिति चयनका लागि आगामी जेठ २८ मा निर्वाचन गर्ने मिति तोकेको एसोसिएसनले जनाएको छ।

कार्यक्रममा एसोसिएशनका संस्थापक अध्यक्ष डा पुरुषोत्तम नारायण सुवाल तथा संस्थापक समितिका अन्य अग्रज फार्मेसिस्ट तथा डाक्टरहरुलाई सम्मान गरिएको थियो ।

त्यस्तै साधारण सभाले संस्थाको विधान संसोधन गरेको छ। संसोधित विधान अनुसार अब प्रदेशमा कार्यसमिति विस्तार गर्न बाटो खुलेको एसोसिएसनले जनाएको छ। यसैगरी, डिप्लोमा फार्मेसी पढेका व्यक्तिले पनि सदस्यता लिन पाउने बाटो खुला भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट