
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आफ्ना कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको निस्शुल्क रूपमा स्वास्थ्य बीमा गरेको छ।
नेपाल सरकार स्वास्थ्य बीमा बोर्डअन्तर्गत प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको अनिवार्य स्वास्थ्य बीमा गरिएको हो।
प्रतिष्ठानले ३५६ जनाको अनिवार्य स्वास्थ्य बीमा गरेको हो। प्रतिष्ठानका अनुसार १७२ जना कर्मचारी, ५ जना चिकित्सक, ५० जना शिक्षक र १२९ जना विभिन्न विषयका विद्यार्थीहरूको बीमा गरिएको हो।
प्रतिष्ठानले गरेको स्वास्थ्य बीमाबाट कर्मचारी तथा विद्यार्थीहरूको परिवारका अन्य सदस्यसमेत लाभान्वित हुने प्रतिष्ठानका डा पुजन रोकायाले बताउनुभयो ।
प्रतिष्ठानले गरेको बीमा कार्यक्रममार्फत् ९ हजार १६९ परिवार तथा ५५ हजार ५९२ जना व्यक्ति लाभान्वित हुने अपेक्षा गरिएको डा रोकायाले बताउनुभयो ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
