
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोरोना महामारीको समयमा करारमा भर्ना भएका स्वास्थ्यकर्मी तथा कर्मचारीको करार अवधि तीन महिना थप गर्न निर्देशन दिएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्यामा कमी भएको बताउँदै शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पताल तथा प्रयोगशालालाई पत्रचार गरी २५ प्रतिशत कर्मचारीको मात्रै म्याद गर्न निर्देशन दिएको हो।
मन्त्रालयले सचिवस्तरिय निर्णय गर्दै हाल कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको एक चौथाई नबढ्ने गरी २०७९ वैशाख महिनादेखि असार मसान्त अर्थात् तीन महिनासम्म थप्न सकिने निर्णय गरेको हो । म्याद थप्दा एक चौथाई नबढ्ने गरी थप गर्न मन्त्रालयले निर्देशन दिएको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


