
जनस्वास्थ्य सरोकार, झापा । झापा जिल्लामा कोडिभ–१९ संक्रमित शून्य रहेको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ। कार्यालयको तथ्याङ्कमा चैत ९ गतेदेखि हालसम्म कोभिडका एउटा पनि संक्रमित देखिएका छैनन् ।
कार्यालयका खोप अधिकृत ईश्वरी पौडेलका अनुसार मेची अञ्चल अस्पताल र कनकाई ल्याबमा गरी दैनिक पाँच, छ जनाले स्वाब परीक्षण गराए पनि कोभिड पोजेटिभ देखिएको छैन् ।
पौडेलका अनुसार सीमानाकाबाट नेपाल प्रवेश गर्नेहरूको एन्टिजेन परीक्षण नियमित भइरहेको छ । झापामा कोभिड–१९ बाट हालसम्म ६६२ जनाले ज्यान गुमाएका छन् । जिल्लामा १२ देखि १७ वर्ष उम्मेर समूहका ९९ हजार ५७६ जनाले कोरोना भइरस विरुद्धको पूर्ण खोप लगाएका छन् भने १८ वर्ष माथिकाले छ लाख ८५ हजार ३०० जनाले पूरा खोप लगाइसकेको उनको भनाइ छ । रासस
प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३ट्रेन्डिङ
