
जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउनुहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा टेड्रोस नेपाल आउन लाग्नुभएको हो ।
टेड्रोस ३ दिने भ्रमणका लागि यही ८ वैशाख (२१ अप्रिल) मा नेपाल आउन लागेको स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिनुभएको हो ।
नेपालमा रहँदा डा टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
महानिर्देशक टेड्रोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा पुनम क्षेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा शम्भु आचार्य पनि आउने कार्यक्रम तय भएको बताइएको छ। नेपाल आउनु अघि टेड्रोससहितको टोली भारतमा हुने एक कार्यक्रममा सहभागि हुनेछ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
