
जनस्वास्थ्य सरोकार, काठमाडौँ । महिला चिकित्सकहरुको नेतृत्व गर्दै डा. प्रिती भुसालले आज सगरमाथा आरोहरण शुरु गर्नुभएको छ । उहाँ ग्रान्डी अस्पतालमा मेडिकल अफिसरको रुपमा कार्यरत हुनुहुन्छ । सगरमाथ आरोहणको पहिलो दिन डा. भूसालसहितको टोली लुक्ला पुगेको छ ।
कोभिड—१९ विरुद्धको लडाइमा अग्रपङ्तिमा खटिएका चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, सरसफाइमा खटिने मजदुर, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्ताहरूको योगदानको उच्च सम्मान गर्न सगरमाथा आरोहणमा निस्किएको डा. भुसालले बताउनुभएको छ ।
प्रकृतिमा जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिने अभियान र ‘हिमालय क्षेत्रमा बढ्दो प्रदुषण रोकौं’ भन्ने विश्वव्यापी सन्देश छर्न एक जिम्मेवारी पर्वतारोहीको रूपमा सगरमाथा आरोहण गर्ने अभियान शुरु गरेको डा भुसालले स्पष्ट पार्नुभयो ।

हिमालयन सेपर्ड इको टुरिजमको व्यवस्थापनमा भएको आरोहणमा भुषालसँगै चर्चित पर्वतारोही पेम्बा दोर्जे शेर्पा र लाक्पा नुरु शेर्पा समेत रहेका छन् ।
यसअघि हिमाल आरोहणमा विशेष रुची राख्ने डा. भुसालले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे शिखरको सफल आरोहण गरिसक्नुभएको छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


