नेभिगेशन

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क प्रसूति सेवा सुरु

जनस्वास्थ्य सरोकार, दाङ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चौबिसै घण्टा निःशुल्क प्रसुति सेवा सुरु भएको छ ।प्रतिष्ठानको उपकुलपतिमा नियुक्त भएदेखि नै डा.विकास लामीछानेले पुर्णरुपमा आमा सुरक्षा कार्यक्रम निःशुल्क गराउने प्रतिबद्धता जनाएका थिए।

पुर्वनिर्धारित योजना अनुसार नै शुक्रबारदेखि अस्पतालमा प्रसूति सेवा निःशुल्क गरिएको उपकुलपती डा.लामीछानेले जानकारी दिए। यसअघि अस्पतालमा आमा सुरक्षा कार्यक्रम निःशुल्क चलेपनि आवश्यक जनशक्तिको अभावमा १२ बजेपछि अतिरिक्त सेवा बिस्तार गर्ने योजना अनुसार सुत्केरी हुन आउने महिलाहरुले सेवा लिए बापत पैसा तिर्नुपर्ने बाध्यता थियो।

प्रसूति सेवा निःशुल्क भएसँगै यहाँका सर्वसाधारण खुसी भएका छन। उपकुलपती डा.लामीछानेले निःशुल्क प्रसूति सेवाको लागि थप जनशक्ति थपिने र तत्कालका लागि अस्पतालकै जनशक्ति परिचालन गरेर सेवा दिइने बताए।

शिक्षाध्यक्ष डा.बसन्त लामीछानेले प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निःशुल्क रहेको जनाउँदै अब प्रसूति सेवा लिन आउने महिलालाई शुल्क नलाग्ने बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट