
जनस्वास्थ्य सरोकार, सुर्खेत । डोल्पाको जिल्ला अस्पतालमा आउने बिरामीहरुले प्रभावकारी उपचार पाउन नसकेको गुनासो गहेका छन् । अस्पतालसँग ४० केभीएको जेनेरेटर छ तर जेनेरेजटर चलाउने बजेट अस्पतालसँग छैन । विद्युत भार थाम्न नसक्ने भन्दै नेपाल विद्युत प्राधिकरणले अस्पतालमा आउने लाइन लोडसेडिङको सूचीमा राखेको छ ।
१६ घण्टासम्म लोडसेडिङ हुँदा अस्पतालको काममा बाधा भएको अस्पतालका मेडिकल अधिकृत अखण्ड उपाध्यायले बताए । दैनिक आउने विरामीहरुलाई रात्रीकालिन अवस्थामा टर्च बालेर उपचार गर्नुपर्ने बाध्यता रहेको उनले बताए । अस्पतालमा उपचार गराइरहेकी कालि विकले भनिन, ‘रातभर अध्याँरोमा बसे । डर पनि लाग्यो ।’
उमकुमारी शाहीको पीडा पनि कम छैन । उनको बच्चालाई अक्सिजन दिनुपर्ने थियो तर विद्युत नहुँदा अक्सिजन दिन नपाएको बताइन् ।
स्थानीय जैसीगाड जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युतले ठुलीभेरी नगरपालिकाको साथै त्रिपुरासुन्दरी नगरपालिका भित्रसमेत विद्युत आपूर्ती हुँदै आएको छ । दुई वटा जेनेरेटरमध्ये १ वटा मात्र मेसिन सञ्चालनमा आएका कारण विद्युत उत्पादन पुरै हुन नसकेको हो । केन्द्रीय लाइन डोल्पामा पुग्न सकेको छैन । डोल्पामा विद्युत पुर्याउनका लागि दुई वर्षअघि भएको ठेक्कासमेत निर्माण व्यवसायीले काम नगर्दा अलपत्र पर्दै आएको छ ।
महिनैपिच्छे समस्या आउने यहाँको विद्युतले स्थानीयबासीहरु हैरान भएको बताउँछन् । अस्पतालले मागेको समयमा मात्र विद्युत आपूर्ती गरिरहेको कार्यालय प्रमुख नारायणप्रसाद कर्णले बताए । १५ श्शयाको जिल्ला अस्पताल समस्याले गाँजिरहेको छ ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
