
जनस्वास्थ्य सरोकार, दाङ । दाङ तुलसीपुरकी एक गर्भवती महिलाको मृत्यु भएपछि माइती पक्षले उनको श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा दर्ता गरेका छन् ।
माइती पक्षले मृतक महिलाको श्रीमानविरुद्ध दुरुत्साहन मुद्धा दर्ता गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । २६ वर्षीया उर्मिला केसी वली चैत ३० गते दिउँसो आफ्नै घरमै मृत फेला परेकी थिइन् ।
त्यस्तै, उर्मिला मृत फेला परेको कोठामा पानी पोखिएको, कोठामा चुकुल समेत नलगाएको, खाटका कपडाहरू उठाइएको हुँदा आशंका गर्ने ठाउँ रहेको उनको दाई लोकेन्द्रले बताए। लोकेन्द्रले घटना छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दिएका हुन् ।
शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


