
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बत्तीसपुतलीस्थित स्टेम (सुगर, थायराइड, इन्डोक्रिनोलोजी र मल्टिस्पेसियलिटी) सेन्टरले मधुमेह, थायराइड परीक्षण र दन्त चिकित्सा परामर्श सेवामा शतप्रतिशत छुट दिएको छ ।
नयाँ वर्षको उपलक्ष्यमा सेन्टरले एक साताका लागि सो छुट उपलब्ध गराएको हो ।
सेन्टरले मधुमेह तथा थायराइडका औषधिहरु १० दिनका लागि निःशुल्क उपलब्ध गराउने जनाएको छ । त्यस्तै प्याथोलोजी परीक्षण, भिडियो एक्स–रे तथा रेडियोलोजी, डाईटिसिएन कन्सल्टेशन र फार्मेसी सेवामा १० प्रतिशत छुटको व्यवस्था गरेको छ ।
आइतबारदेखि सुरु भएको सो शिविर शुक्रबारसम्म चल्ने छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


