नेभिगेशन

दक्षिण कोरियामा एकैदिन थपिए ९३ हजार कोरोना संक्रमित

एजेन्सी । दक्षिण कोरियामा पछिल्लो २४ घण्टाको अवधिमा शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै दक्षिण कोरियामा कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार ७ सय ५२ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

अघिल्लो दिन दक्षिण कोरियामा १ लाख ७ हजार ९ सय १६ जनामा कोरोना संक्रमण भएको रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए)ले जानकारी दिएको थियो। यहाँ एक हप्ताअघि एकै दिनमा १ लाख ६४ हजार ४ सय ५६ जनामा कोरोना संक्रमण भएको थियो। यहाँ कोरोना संक्रमण घट्ने क्रममा रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

शनिबार मध्यरातिसम्म कोरोना संक्रमणका कारण २ सय ३ जनाको मृत्यु भएपछि कूल मृतकको संख्या २१ हजार ९२ पुगेको छ । दक्षिण कोरियामा दुई डोज प्राप्त गर्ने व्यक्तिहरूको संख्या ४ करोड ४५ लाख २६ हजार ४ सय ७१ पुगेको बताइएको छ। यो संख्या दक्षिण कोरियाको कूल जनसंख्याको ८६.८ प्रतिशत रहेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट