
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ ।
२०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूरा भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए । उनले गत वर्षको माघ १४ मा सुरु भएको खोप अभियानको लक्ष्य लगभग पूरा भएको बताए ।
चैत्र मसान्तसम्म १८ वर्षमाथिका उमेर समूहलाई लक्षित वर्गमा राखेर अभियान सुरु गरिएको र अभियानमा सरकारले लगभग लक्ष्य पूरा गरेको उनले दाबी गरेका हुन् । त्यस्तै अधिकारीले लगभग ९५ प्रतिशतले कोरोना खोपको पहिलो मात्रा लगाइसकेको र ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा खोप लगाएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १८ वर्षदेखि माथिका एक करोड ९९ लाख २२ हजार १ सय ६४ वयस्कमध्ये एक करोड ८७ लाख २२ हजार ९०६ जनाले खोपको एक मात्रा लगाएका छन् । त्यस्तै १ करोड ६५ लाख ६३ हजार ३ सय ७० जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।
यस बाहेक २३ लाख ७४ हजार ११ डोज अतिरिक्त खोप प्रयोगमा आएको र देशभर हालसम्म उपलब्ध ५ करोड ३३ लाख ८१ हजार ५ सय ७० डोज खोपमध्ये ४ करोड ५ लाख ८५ हजार ५ सय ५७ डोज खोप प्रयोग गरिएको छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


