
जनस्वास्थ सरोकार । चीनको साङ्घाई क्षेत्रमा कोरोनाका कारण तीन जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि साङ्घाईमा तीन साता अघि मात्रै लकडाउन गरिएको थियो । लकडाउन गरिएपछि पहिलो पटक कोरोनाका कारण मृत्यु भएको बताइएको छ ।
समाचार संस्था एएफपीका अनुसार आइतवार एकैदिन ३ जनाको कोरोनाका कारण मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । प्रशासनले दिएको जानकारीमा अस्पताल पुर्याइएका तीनै जनाको अवस्था गम्भीर बनेको र उनीहरूलाई जोगाउन नसकिएको उल्लेख छ ।
साङ्घाई प्रशासनका अनुसार मृत्यु भएका तीनैजनाको उमेर ८९ देखि ९१ सम्मको रहेको उनीहरू अन्य रोगबाट पनि ग्रसित थिए । यसअघि मार्च महिनामा चीनको जिलिन प्रान्तमा कोरोनाका कारण २ जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


