
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आजदेखि तराईका केही स्थानमा लु अर्थात तातो हावा चल्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सर्तक रहन आग्रह गरेको छ ।
लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आजबाट ३ दिन तापक्रम बढेर ४० डिग्रीभन्दा माथि पुग्ने पूर्वानुमानसँगै अत्यधिक गर्मीका कारण तातो हावा चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारतको मौसम विभाग र बैँककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) ले पनि लु लाग्ने अनुमान गरेका छन् । मौसमविद् राजु प्रधानाङ्गले पर्सिबाट भने मौसममा सुधार हुने बताउनुभयो ।
तापक्रम बढ्दा बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती महिला लगायतका मानिसमा बढी असर गर्ने विज्ञहरू बताउँछन् । वरिष्ठ फिजिसियन डाक्टर सूर्य पराजुलीले गर्मीको मौसममा शरीरबाट पसिनाको माध्यमबाट पानी बग्ने हुँदा पानीको मात्रालाई पूर्तिका लागि बेलाबेलामा पानी सेवन गरिरहन सुझाव दिनुभयो ।
उहाँले जथाभावी खानपान गर्नुभन्दा घरमै पाकेको हरियो सागपात र पानीको मात्रा प्रशस्त भएको तरकारी र फलफूलको सेवन गर्न पनि सुझाव दिनुभयो ।
उहाँले बाहिर निस्कँदा छाताको प्रयोग गर्न, सकेसम्म खुकुलो सुतिको पुरै बाहुला भएका लुगाहरूको प्रयोग गर्न पनि आग्रह गर्नुभयो । लुले पशुपन्छीहरूको स्वास्थ्यमा समेत असर गर्ने भएकाले साविक भन्दा बढी दानापानी दिन डा पराजुलीको सुझाव छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


