
वजजनस्वास्थ्य सरोकार, काठमाडौँ । नेशनल हार्ट फाउण्डेसनले बैशाख देखि चैत्रसम्म सातै प्रदेशमा निशुल्क मुटु शिविर सञ्चालन गर्ने भएको छ ।
शिविरमा हृदयघातबाट ज्यान जोगाउनको लागि जनचेतनाको साथै आवश्यक औषधोपचार उपलब्ध गराई मुटुरोग सम्बन्धि नियन्त्रणको लागि प्रचारप्रसार गर्ने फाउण्डेसनले जनाएको छ ।
युवा अवस्थामा धेरैमा हृदयघातको समस्या बढेको भन्दै फाउण्डेसनका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शिवजी विक्रम सिलवालले शिविरको आयोजना गर्न लागिएको बताउनुभयो ।
सवै प्रदेशमा हुने दुई दिने बृहत स्वास्थ्य शिविरको नेतृत्वमा अध्यक्ष डा. सिलवालको साथै अन्य सात जना चिकित्सक र दश जना स्वास्थ्यकर्मी हुने छन् । स्वास्थ्य शिविरमा निस्शुल्क इको, इसिजि, कार्डियोग्राफी,सुगर प्रेशर साथै आवश्यक औषधिहरु पनि उपलब्ध गराईने छ ।
बाग्मती प्रदेशमा ललितपुर महालक्ष्मी नगरपालिका, भक्तपुर सुर्यविनायक नगरपालिका, र काभ्रेको पनौति नगरपालिकाको तीन केन्द्रको बीच मानेदोभान भन्ने ठाउँबाट सुरु गर्ने फाउण्डेसनले जनाएको छ ।
नागरिकहरुको उत्साहलाई कदर गर्दै विभिन्न क्षेत्रबाट आशा गरिएको अनुसार यस बृहत स्वास्थ्य शिविरबाट सर्वसाधारणले हृदयघात रोकथाम सम्बन्धि ज्ञान समेत हासिल गर्नेछन् ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
