
जनस्वास्थ्य सरोकार, काठमाडौँ । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कर्मचारीहरुको वृत्ति विकास र बढुवा हुन नसकेको भन्दै उनीहरु आन्दोलित भएका हुन ।
कर्मचारीहरुको सेवा शर्त र सुविधा सम्बन्धी नियमावली २०५८ को छैठौँ संशोधन प्रक्रिया नटुङ्गिदा केन्द्रमा कार्यरत सबै कर्मचारीहरुको वृत्ति विकास र बढुवामा असर परेको शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र कर्मचारी संघले जनाएको छ।
संघले आफ्ना जायज माग पुरा गर्न अस्पताल व्यवस्थापन पक्षलाई १४ गतेसम्मको अल्टिमेटम समेत दिएको छ।
१४ गतेसम्म पनि आफ्ना माग पुरा नभए कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने संघका अध्यक्ष आत्माराम तिमल्सिनाले बताउनुभयो ।
‘वैशाख ९ गतेसम्म पनि संशोधनको प्रक्रिया नसके सबै कर्मचारीहरुले कालो पट्टीसहित व्यवस्थापनको कार्यालयमा दैनिक दुई घण्टा धर्ना दिने, ११ गतेसम्म संशोधन नभए धर्नासहित पेन डाउन गर्ने, १४ गतेसम्म पनि नभए व्यवस्थापनको कार्यालयमा धर्नासहित तालाबन्दी गर्ने कार्यक्रम रहेको छ।’–संघका अध्यक्ष तिमल्सिनाले भन्नुभयो ।
अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ, प्राविधिक तथा अप्राविधिक कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर काम गरेका छन्।
यसअघि उनीहरुले चैत १ गते पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए। तर व्यवस्थापन पक्षले १५ दिनभित्र माग पुरा गर्न प्रतिवद्ध रहेको बताएपछि उनीहरुले आन्दोलन स्थगित समेत गरेका थिए। तोकिएको समयभित्र माग पुरा नभएपछि आफूहरु पुनः आन्दोलनमा उत्रन बाध्य भएको संघले जनाएको छ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
