
जनस्वास्थ्य सरोकार, भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरका करिब १४ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।
सरकारले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम तय गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीका अनुसार भोजपुरका दुई नगरपालिका र सातवटा गाउँपालिकामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमका लागि ५ सय ६७ जना स्वयंसेविका परिचालन गरिएको छ ।
६ महिनादेखि पाँच वर्षसम्मका १३ हजार ७ सय ९२ जनालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका १२ हजार १ सय ९१ जना बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य स्वास्थ्य कार्यालय भोजपुरले लिएको छ ।
७ सय ५३ वटा नै पालिकाका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजारभन्दा बढी बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।
भिटामिन ‘ए’ खुवाउनका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । भिटामिन ‘ए’को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या देखिने गरेकाले सरकारले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
