
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँमा मेरुदण्डको शल्यक्रिया सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपाली न्यूरो सर्जरी समाजले उक्त दुइ दिने सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनमा नेपालसहित अमेरिका, जर्मनी, पोर्चुगल, टर्की, क्यानडा, चीन, रुस, भारतलगायत देशका न्यूरो सर्जनहरु सहभागी थिए ।
सम्मेलनको पहिलो दिन केएमसीको दुवाकोट अस्पतालमा ‘क्याडेभरिक’ अभ्यास गराइएको छ । नयाँ चिकित्सकहरुलाई दुरबिनको माध्यमबाट मेरुदण्डको शल्यक्रिया गर्ने सीप सिकाउन शवमाथि नै अभ्यास गर्ने गरी प्रयोगात्मक प्रशिक्षण दिइएको हो ।
केएमसीका वरिष्ठ न्यूरो सर्जन प्रा. डा. अमित थापाले यस्तो मेरुदण्ड शल्यक्रिया सम्बन्धि प्रशिक्षण नेपालमै पहिलो पटक गरिएको बताउनुभयो । इण्डोस्कोपिक विधिबाट मेरुदण्डको अप्रेशन सम्बन्धि प्रशिक्षणमा अहिलेसम्म नेपालमा शवमा अभ्यास गराएर सिकाइएको थिएन । सम्मेलनमा सहभागिहरुलाई केएमसीका वरिष्ठ न्यूरो सर्जन प्रा.डा. थापा र प्रा. डा.माल्कम पेस्टोनजीले सीप सिकाउनुभएको थियो ।
कार्यक्रममा १ सय १८ चिकित्सक सहभागि थिए । इन्टरनेटका माध्यमबाट पनि १ सय ७५ जना सहभागि भएको आयोजकले जनाएको छ । सम्मेलनका लागि विश्वविद्यालय अनुदान आयोगले पनि सहयोग गरेको थियो ।
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
