
जनस्वास्थ्य सरोकार, बलेवा । जैमिनी नगरपालिकाले १५ शय्याको नगर अस्पताल बनाउने भएको छ। जैमिनी नगरपालिका–१ को कुश्मीसेरामा उक्त अस्पताल बन्ने भएको हो। एक पालिका एक अस्पताल बनाउने सरकारी निर्णय र पालिकाको आवश्यकतासमेतले अस्पताल निर्माण अभियान थालिएको नगरप्रमुख इनद्रराज पौडेलले बताए।
हाल कुश्मीसेरामा प्राथमिक स्वास्थ्य केन्द्र छ। उक्त केन्द्रमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मीको व्यवस्था गर्ने, नगर अस्पतालमा पनि डाक्टरको व्यवस्था गर्ने पौडेलले बताए। प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाका अनुसार नागरिकलाई स्वास्थ्य सेवाको पहुँच बढाउन नगर अस्पतालको अवधारणा आएको बताए।
नगरपालिकाको स्वास्थ्य नीति अनुसार १५ शय्याको अस्पताल बनाउन छ रोपनी जग्गासमेत व्यवस्थापन भइसकेको कोइरालाले जानकारी दिए।
वडा नं १ को टारमा रु ६० लाख लगानी गरेर नगरपालिकाले जग्गाको व्यवस्थापन गरिसकेको छ। जैमिनीमा नगर अस्पताल नहुँदा स्थानीयले सामान्य बिरामी भए पनि सदरमुकाम र पोखरा धाउनुपर्ने बाध्यता छ। रासस
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
