
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ।
पार्टी कार्यालय धुम्बाराहीमा बुधबार एक कार्यक्रमकाबीच अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।
प्रतिवद्धता पत्रमा कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क गर्ने र हरेक स्थानीय तहमा कम्तिमा एउटा प्राविधिक विद्यालय स्थापना गर्ने उल्लेख गरेको छ।
यस्तै सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने पनि राप्रपाको भनाइ छ। हरेक सुत्केरी महिलालाई तीन महिनासम्म मासिक तीन हजार रुपैयाँ सुत्केरी भत्ता उपलब्ध गराउने पनि राप्रपाको प्रतिवद्धता छ।
यस्तै शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार विकास निर्माणलगायत स्थानीय साधनस्रोत परिचालन र रोजगारी सिर्जनालगायतका विषयलाई राप्रपाले उच्च प्राथमिकता दिने राप्रपाले प्रतिवद्धता जनाएको छ। भ्रष्टाचारमा शून्य सहनशीलताको लिइने राप्रपाको भनाइ छ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


