
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल सरकारको निमन्त्रणामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा.ट्रेडोस आज (बिहिबार) नेपाल आउँदै हुनुहुन्छ । उहाँ इन्डिगो एयरलाइन्सबाट आज दिउसो १२ः२५ बजे नेपाल आइपुग्ने बताइएको छ।
डा.टेड्रोस तीन दिने भ्रमणका लागि नेपाल आउन लाग्नु भएको हो । नेपालमा रहँदा डा.टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
नेपालमा रहँदा उहाँले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लुएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसंघका प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


