
जनस्वास्थ्य सरोकार, मुगु । मुगुको एक मात्र १५ शैय्या अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा उपचारमा समस्या भएको छ । विगत चार महिनादेखि विशेषज्ञ चिकित्सक नहुँदा सामान्यदेखि जटिल खालका बिरामीको उपचारमा समस्या भएको हो ।
२०६३ सालमा स्थापना भएको अस्पतालमा विषेशज्ञ चिकित्सक छैनन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट आएका विशेषज्ञ चिकित्सक सिद्धार्थ ध्वज खाती चार महिनाअघि पुनः जुम्ला फर्केपछि जिल्ला अस्पताल विशेषज्ञ चिकित्सकविहीन बन्न पुगेको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ।
विशेषज्ञ चिकित्सक नुहुँदा शल्यक्रिया, हाईड्रोसिल, हर्निया, एपेन्डिसाइटिसजस्ता रोगबाट पीडित बिरामीहरुको उपचार गर्न समस्या भएको स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख उमेश गौतमले बताए।
उनका अनुसार जिल्ला अस्पताल मुगुको लागि सर्जन, स्त्री रोग र बालरोग गरी तीनजनाको विशेषज्ञ चिकित्सकको दरबन्दी खाली छ। अस्पतालमा चार जना मेडिकल अधिकृत रहेकामा निर्मल नगरकोटी, ज्ञानेश्वर श्रेष्ठ अध्ययन विदामा रहेका प्रमुख गौतमले जानकारी दिए।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
