
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस घेब्रेयसस र स्वास्थ्यमन्त्री विरोध खतिवडाबीच भेटवार्ता भएको छ।
तीन दिने नेपाल भ्रमणका लागि आजै मध्यान्ह काठमाडौं आइपुग्नुभएका डब्लुएचओका महानिर्देशक र स्वास्थ्यमन्त्रीबीच स्वास्थ्यमन्त्रालयमा भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा महानिर्देशक डा. टेड्रोसले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीमा नेपालले समर्थन गरेको स्वास्थ्य मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
‘दोस्रो कार्यकालको लागि यहाँको मनोनयनलाई हामी समर्थन गर्दछौं र यहाँलाई शुभकामना दिन्छौं। आफ्नो महत्त्वपूर्ण जिम्मेवारीहरू निर्वाह गर्ने क्रममा यहाँलाई हामीले सक्दो समर्थन र सहयोग गर्नेछौं।’– मन्त्री खतिवडा भन्नुभयो ।

नेपाल सन् १९५३ मा डब्लूएचओसँग आवद्ध भएदेखि नै नेपाल र डब्लूएचओबीच उत्कृष्ट कार्यात्मक सम्बन्ध रहिआएको भनदै मन्त्री खतिवडाले नेपाली जनताको स्वास्थ्य आवश्यकताहरू सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो।
औषधिको गुणस्तर नियन्त्रण र पहुँच, उन्नत प्रयोगशाला, नियामक क्षमता, मानव संशाधन विकास, प्रविधि स्थानान्तरण र चिकित्सा अनुसन्धान तथा निदानलगायतका क्षेत्रमा नेपाललाई डब्लुएचओबाट सहकार्य आवश्यक रहेको उल्लेख गर्दै अत्यावश्यक औषधि उत्पादन र शल्यचिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्न सहयोगका लागि अनुरोध गर्नुभयो ।
’






चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


