
जनस्वास्थ्य सरोकार, जनकपुरधाम । चैत १८ गतेदेखि सुरु हुने भनिएको टाइफाइड रोग विरुद्धको खोप अभियान धनुषामा सुरु भएको छ ।
बैशाख १६ गतेसम्म सञ्चालन हुने गरी धनुषाका १८ वटै स्थानीय तहमा १५ महिनादेखि १५ वर्षसम्मको बालबालिकालाई लगाउने गरी टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन भएको स्वास्थ्य कार्यलय धनुषाका निमित्त कार्यालय प्रमुख युगलकिशोर यादवले जानकारी छन ।
उनका अनुसार जिल्लाका २ लाख ९६ हजार ७ सय ७५ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइनेछ । खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा झार्ने नेपाल सरकारको लक्ष्य अनुसार यस जिल्लामा पनि टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन गरिएको जानकारी दिए ।
पूर्ण खोपको सुनिश्चितता गर्न र खोप कभरेज ९५ प्रतिशत पुर्याउन जिल्लामा अभियानकै रूपमा खोप दिन थालिएको उनले बताए ।
खोपबाट कोही बालबालिका नछुट्ने गरी जिल्लाका सबै वडास्तरसम्मका विद्यालयमा पनि खोप टोली परिचालन गरिएको छ भने जिल्लामा १५ महिनादेखि ४ वर्षसम्मका ४३ हजार ९ सय ९६ र ४ वर्षदेखि १५ वर्षसम्मका १ लाख ७४ हजार १ सय ९७ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने उनले जानकारी दिए ।
स्वास्थ्य कार्यालयका अनुसार धनुषा जिल्लामा निजी र सामुदायिक गरी ७ सय ६२ विद्यालयहरु सञ्चालनमा रहेका छन् । जिल्लाभरिमा १ हजार ६२ खोप केन्द्रमार्फत खोप अभियान सञ्चालन गरिएको छ भने २ हजार १२४ जना स्वयंसेवक परिचालन गरिएका छन् । त्यस्तै, २१५ वटा खोप टिम खटाइएको छ भने १६८ जना स्थानीय सुपरभाइजर समेत खटाइएको छ ।
सरकारी तथ्यांकमा पछिल्लो पाँच वर्षको अवधिमा नेपालमा ४ लाख ५० हजार बालबालिका टाइफाइड रोगका कारण बिरामी परेका छन् । बालबालिकालाई जोखिमबाट जोगाउन नेपालका ७५ लाख डोज टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
