
जनस्वास्थ्य सरोकार, काठमाडौं । अबदेखि कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको ३ महिना पूरा भएपछि बुस्टर खोप लगाउन मिल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको ६ महिना पूरा भएपछि मात्र बुस्टर डोज लगाउन भनिएको थियो ।
तर पछिल्ला अध्ययनहरुले पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएपछि बुस्टर डोज लगाउन मिल्ने देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै उपलब्धताका आधारमा १८ वर्ष माथिका सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


