
जनस्वास्थ्य सरोकार, काठमाडौं । भारतमा कोरोना संक्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ । हेल्थ डेस्क स्थापना गरी दिनहुँ १ सय ५० देखि २ सय जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए ।
गत चैत महिनामा छ हजार ४ सयको एन्टिजेन परीक्षणमा ४ पोजेटिभ देखिएका थिए तर अहिलेसम्म पोजेटिभ नदेखिएको उनले जानकारी दिए । सीमा क्षेत्रमा खास गरेर खोप कार्डलाई अनिवार्य गरिएको छ ।
“दोस्रो डोज लगाएको प्रमाणित खोप कार्ड छैन भने पुनः एन्टिजेन परीक्षण गर्ने गरेका छौँ”, उनले भने । खोपका कारणले पनि विगतमा जस्तो भयावह अवस्था नभएको उल्लेख गर्दै उनले स्वास्थ्य जाँच नगराई सीमा क्षेत्रबाट नेपाल आउन नदिएको जानकारी दिए । सो सीमा क्षेत्रबाट चार हजार ८ सय खोप कार्ड भएका नागरिक नेपाल आवतजावत गरेका छन् ।
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजङ्ग शाहले स्वास्थ्य जाँचलाई सीमा क्षेत्रमा कडाइका साथ लागू गरिएको उल्लेख गर्दै केही साता यतादेखि स्वास्थ्य जाँचका लागि पाँच जनाको स्वास्थ्य समूह परिचालन भएको बताए । सङ्क्रमण बढेको अवस्थामा जिल्लामा कयौंको मृत्यु भएको थियो ।
भेरी अस्पताल, नेपालगञ्जका सूचना अधिकारी डा.संकेतकुमार रिसालले अहिलेसम्म कोभिड सङ्क्रमणको विरामी नआएकाले शुन्य अवस्था रहेको उल्लेख गर्दै सर्तकता आवश्यक भएको बताए । ‘अहिलेसम्म कोभिडको कुनै विरामी आएको छैन’ उनले भने । नेपालमा पनि सङ्क्रमण बढेपछि सरकारले सीमा क्षेत्रमा सर्तकता अपनाउन निर्देशन दिएको थियो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
