नेभिगेशन

नेपालमा हरेक वर्ष घरभित्रको वायु प्रदूषणका कारण २२ हजार बढीले ज्यान गुमाउँदै : डब्ल्युएचओ

जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा वर्षेनी घरभित्रको वायु प्रदूषणका कारण २२ हजार भन्दा बढीको ज्यान जाने गरेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले जनाएको छ ।

खाना पकाउनका लागि अत्यधिक मात्रामा दाउरा, गुइँठालगायतको प्रयोग गर्दा धुँवा उत्पन्न हुने र त्यसले मानव स्वास्थ्यमा मात्रै नभइ वातावरणमा समेत प्रत्यक्ष प्रभाव पार्ने गरेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । दाउराको जोहो गर्नुपर्ने बाध्यताका कारण वनजङ्गलको विनास पनि उत्तिकै बढेको छ ।

व्यावसायिक ऊर्जाका रुपमा बिजुली, पेट्रोलियम पदार्थ र कोइलाको प्रयोग गरिन्छ । त्यसको हिस्सा २८ प्रतिशत बराबर छ । यसैगरी नवीकरणीय ऊर्जामा लघु जलविद्युत्, सौर्य ऊर्जा र बायोग्यास पर्छन् । अहिले विद्युतीय चुलोको प्रयोग बढाउनुपर्ने माग उठिरहेको छ ।

नेपाल ऊर्जा प्रतिष्ठानका कार्यकारी निर्देशक डिल्ली घिमिरेले सरकारले सन् २०३० सम्ममा दिगो विकासको प्रतिबद्धता पूरा गर्न पनि खाना पकाउने ऊर्जालाई सफा ऊर्जामा रुपान्तरण गरी दिगो, सुलभ र आधुनिक ऊर्जा सेवामा पहुँचको ध्येय राख्दै गर्दा गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट