
जनस्वास्थ्य सरोकार, जुम्ला । जुम्लामा आगलागी हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ । तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गएराति आगलागी भएको हो ।
आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ११ वर्षीया अनु, ३ वर्षीया दर्शना, १ वर्षीय दीपेश र मानसिंकी भान्जी १४ वर्षीया तिर्सना सार्कीको ज्यान गएको हो । आगलागीका कारण बेहोस भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई भने उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ।
त्यस्तै घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


