नेभिगेशन

१८ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु संख्या शून्य

जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९ सय ४७ जनामा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु संख्या शून्य रहेको छ ।

यससँगै हाल देशभर कोरोना संक्रमितको सक्रिय संख्या २ सय ८३ पुगेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट