
एजेन्सी । इटालीमा फेरि कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । त्यहाँ शनिबार एकैदिन ७० हजार ५ सय २० संक्रमित थपिएका छन् भने १ सय ४३ जनाको मृत्यु भएको छ । त्यस्तै इटालीमा शुक्रबार कोरोना संक्रमणका कारण २०२ जनाको मृत्यु भएको थियो ।
सन् २०२० मा कोरोना महामारी फैलिएपछि इटालीमा कोरोना संक्रमणका कारण हालसम्म १ लाख ६२ हजार ६ सय ९ जनाको मृत्यु भइसकेको छ । युरोपमा बेलायतपछि इटालीमा कोरोना संक्रमणबाट धेरै मानिसहरूको मृत्यु भएको छ ।
इटालीमा हालसम्म कोरोनाबाट १ करोड ६१ लाख संक्रमित भएका छन् । शनिबार इटालीमा ९ हजार ९ सय १४ जना संक्रमित अस्पताल भर्ना भएका थिए ।
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


