
जनस्वास्थ्य सरोकार, काठमाडौं । इमर्जेन्सी नर्सिङ तालिममा ह्याम्स हस्पिटलले फ्लप खाएको छ । प्रति नर्स ४० हजार रुपियाँ शुल्क बुझाएर तीन महिने तालिम लिन आव्हान गरेको अवधिमा हस्पिटलमा आवश्यक कोटामा नर्स नआएपछि तत्कालको लागि तालिम क्यान्सिल गरिएको छ ।
निजी अस्पतालबाट इमर्जेन्सी नर्सिङ तालिम शुरु गर्ने पहिलो भन्ने प्रचारवाची गरिदै आएको थियो ।
३० जना नर्सहरुबाट १२ लाख रुपियाँ शुल्क उठाउने योजना बनाइएको थियो ।
गत २०७८ साल फागुन २५ गतेसम्म इच्छुक नर्सहरुले फाराम भरिसक्नुपर्ने थियो । फागुन ९ गते चैत ६ गतेबाट तालिम सञ्चालन गर्ने भनेर प्रेस विज्ञप्ति नै जारी गरिएको थियो ।
‘सोसाइटी अफ इमर्जेन्सी नर्सेस अफ नेपाल’ सँगको सहकार्यमा नर्सहरुलाई अझ धेरै पेशागत सीपको विकास गरेर बिरामीलाई गुणस्तरीय नर्सिङ सेवा प्रदान गर्ने भनिएको थियो ।
तर दुई जना २ जना नर्सले मात्र इच्छा व्यक्त गरे । धेरै समय कुरियो तर कोही आएनन् । अनि यो कार्यक्रम कोरन पुगेपछि पुन शुरु गर्ने र हाललाई तोकिएको समयमा तालिम दिन नसकिएको अस्पतालकी नर्सिङ डाइरेक्टर बरुणा पौडेलले बताइन् ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

