नेभिगेशन

‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने मुल नारासहित विश्व औलो दिवस मनाइँदै

जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व औलो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ यस वर्षको औलो दिवस मनाउन लागिएको हो ।

विश्व स्वास्थ्य सङ्गठनले सन् २००८ मा २५ अप्रिललाई विश्व औलो दिवसका रूपमा मनाउने घोषणा गरे अनुरूप नेपालले पनि सोही दिन यो दिवस मनाउँदै आएको छ ।

नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सन् २०२२ सम्म नेपालमा औलोलाई शून्यमा झार्ने र सन् २०२५ सम्ममा औलो नियन्त्रण गर्ने लक्ष्य रहेको बताएको छ ।

महाशाखाका निर्देशक डा. चुमनलाले दासले औलो रोगबाट विशेष गरी गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुने भएकाले सतर्क रहन आग्रह गर्नुभयो ।

के हो औलो रोग ?

सामान्य तया मलेरिया भनेर चिनिने यो रोग प्लाज्मोडियम नामक परजिवीका विभिन्न जातहरुवाट हुने गर्दछ। प्लाज्मोडियम भाइवेक्स,प्लाज्मोडियम मलेरि, प्लाज्मोडियम ओभेल र प्लाज्मोडियम फाल्सिपारम गरी चार जातका परजिवीहरु वाट यो रोग लाग्ने गर्दछ। साधरणतया नेपालमा प्लाजमोडियम भाइभेक्स र प्लाज्मोडियम फाल्सीफारम गरी दुई जातका परजिबीहरु पाइन्छ।

प्लाज्मोडियम फाल्सीफारम जातको औलोले मानिसको मस्तिष्कमा समेत आक्रमण गर्न सक्ने हुनाले मानिसको ज्यान छिटो लिने गर्दछ । एनोफिलिज जातको पोथी लामखुट्टेले स्वास्थ्य मानिसमा टोक्दा मलरियाका परजिवीहरु सर्ने गर्दछन।

मानिसको शरिरमा प्रवेश गरेपछी कलेजो र राता रक्तकोषहरुमा विकाश भई हुकिएका परजिवीहरु रगतको माध्यमवाट शरिर भरी फैलिएर विभिन्न किसिममा लक्षणहरु देखा पर्दछन। वेलामा नै सही निदान र उपचार नभए मा छोटो समय मै ज्यान लिन सक्ने रोग हो ।

लक्षण

सामान्यतया औलो रोगका परजिवि भएको लामखुट्टेको टोकाई भएको १० देखी १५ दिन भित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्निहरु दुख्ने,असजिलो महसुस हुनेजस्ता सामान्य लक्षणहरु देखा पर्दछन ।

निरन्तर वा दिन विराएर ज्वरो आउने, शरिरका भित्री अङ्गहरु फियो,कलेजो सुनिने, रगतको मात्रा कमी हुने तथा परजिवीको प्रकृती अनुसार विभिन्न लक्षण तथा समस्याहरु देखिने गर्दछन।

निदान तथा उपचार

संकास्पद विरामी, तथा लक्षण मिल्दा जुल्दा विरामी हरुको रक्त नमुना संकलन गरी रक्त परिक्षण वाट मात्र मलेरिया भएको नभएको पत्ता लगाउन सकिन्छ। नेपालमा औलो रोगको लक्षणहरुका आधारमा (महिला स्वास्थ्य स्वयंसेविका सहित अन्य स्वास्थ्य कार्यकर्ताद्वारा शंकास्पद औलोको रुपमा निदान, RDT द्वारा द्रत निदान परीक्षण, सुक्ष्मदर्शक यन्त्रद्वारा रगत जाँच गरी प्रमाणित औलो रोग भए नभएको निदान गरिन्छ ।

औलो रोगको उपचारको लागी नेपालमा विभिन्न थरीका औषधीहरु नेपाल सरकारको तर्फवाट निशुल्क रुपमा विभिन्न स्वास्थ्य संस्थाहरुमा उपलब्ध छन । परजिवीको प्रकार अनुसार रोगको उपचार पनि छुट्टा छुट्टै हुने गर्दछ । स्वास्थ्य कर्मीको सल्लाह वमोजिम पुर्णरुपमा औषधि सेवन गर्न पर्ने हुन्छ ।

 रोकथाम

लामखुट्टेको टोकाईको माध्यमवाट मात्र सर्ने सक्ने यो रोगवाट वच्नको लागी सामान्य रुपमा लामखुट्टेको टोकाईवाट जोगिनु नै मुख्य रोकथाम हो । त्यसको लागि लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु नै सबैभन्दा उत्तम उपाय हो ।

पानी जम्ने स्थानहरू कम गर्ने, वासस्थान नष्ट गर्ने, लामखुट्टेको लार्भा नाश गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा सधैँ झुल प्रयोग गर्नुपर्दछ ।

शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउने उपयोगी स्प्रे, लिक्विड, म्याट आदि पनि प्रयोग गर्न सकिन्छ । जोखिम युक्त ठाउंहरुको भ्रमणमा जानु अगाडी रोकथामका उपाय तथा औषधिहरु प्रयोग गर्ने गरेमा औलो रोग हुन वाट जोगिन सकिन्छ ।

घर घर, समुदायहरुमा जनचेतना फैलाउनु, औलोरोगका लक्षणहरु वच्ने उपायहरुको वारेमा चेतना फैलाउने , संकास्पद विरामीले तुरुन्त परिक्ष ण गर्ने तथा विरामीहरुले तुरुन्त उपचार गर्ने आदी गरेमा औलो रोगवाट वच्न तथा अरु लाई वचाउन सकिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट