
जनस्वास्थ्य सरोकार, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी १० दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनु भएको छ।
पिसाब, मुटुको चाल, र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि जोशीलाई ललितपुरको किष्ट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई २ दिन आईसयुमा र बाँकी ८ दिन डिलक्स क्याबिनमा राखी उपचार गरिएको अस्पतालले जनाएको छ ।
हाल उहाँको पिसाबको संक्रमण नियन्त्रणमा आएको, मुटुको चाल स्थिर रहेको र श्वासप्रश्वासमा सुधार आएका कारण उपचारमा संलग्न चिकित्सक टोलीको राय बमोजीम आइतबार डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


