नेभिगेशन

चीनको सांघाईमा एकै दिन ३९ कोरोना संक्रमितको मृत्यु

जनस्वास्थ्य सरोकार । चीनको सांघाइमा आइतबार मात्रै ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै सांघाइमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ पुगेको त्यहाँको नेसनल हेल्थ कमिसनले जनाएको छ। आइतबार कोरोनाका २२ हजार नयाँ संक्रमित भेटिएका थिए।

पछिल्लो समय सांघाईमा कोरोना संक्रमण बढिरहेको छ । कोरोना खोपमा नसमेटिएका जनसंख्या कोरोनाको उच्च जोखिमा रहेको स्वास्थ्य अधिकारीहरुले बताउँदै आएका छन् । कोरोनाबाट ठूलो संख्यामा बृद्धबृद्धा मृत्यु भएको सरकारको दाबी छ ।

संक्रमितहरूको मृत्यु बढेसँगै चीनमा निर्मित खोपको प्रभावकारीताबारे केहीले प्रश्न उठाउन थालेका छन्। चीनको राजधानी बेइजिङमा भने २२ नयाँ संक्रमित भेटिएका छन्। एजेन्सी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट