नेभिगेशन

औलो रोगबाट बच्न के गर्ने ?

जनस्वास्थ्य सरोकार, काठमाडौँ । सामान्य रुपमा औलो भनेर चिनिने मलेरिया ‘एनोफिलिज’ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट फैलने एउटा गम्भीर रोग हो।

औंलाका लक्षण
१० देखि १५ दिनसम्म ज्वरो आउनु

टाउको दुख्नु

शरीरका भित्री अंग सुन्निनु

जोर्नी दुख्नु

शरीरमा रगतको मात्रा कम हुनु

थकिन महसुस हुनु

औलोबाट बँच्ने उपाय
लामखुट्टेको टोकाइबाट जोगिन झुल टाँगेर सुत्ने

घरको झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने

सकेसम्म जतिबेला पनि लामो बाहुला भएको लुगा लगाउने

लामखुट्टे भगाउने धूप वा मल्हमको प्रयोग गर्ने

लामखुट्टे सक्रिय हुने समयमा विशेषगरी बिहान र साँझपख सावधानी अपनाउने

घर वरिपरी, कार्यालय, विद्यालयमा टायर, खुला भाँडा आदिमा पानी जम्मा हुन नदिने

पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी भाँडालाई लामखुट्टे छिर्न नसक्नेगरी छोप्ने

गमलाको प्लेट, फुलदानी, कूलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट