
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मेडिकल साइन्सको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षा मन्त्रालयले छलफल चलाएको छ ।
मङ्गलवार चिकित्सा शिक्षा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, संस्कृत विश्वविद्यालय लगायतका पदाधिकारीसँगको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मेडिकल साइन्सको पढाई नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा छलफल गर्नुभएको हो ।
मेडिकल शिक्षा आर्जनका लागि वर्षेनी ९८ अर्ब रुपैयाँ रकम देश बाहिर गइरहेको बताउँदै नेपालमै व्यवस्थित र स्तरीय बनाउनुपर्नेमा मन्त्री पौडेलले जोड दिनुभयो ।
‘देशमा मेडिकल शिक्षा पढ्ने विद्यार्थीको आकर्षण बढ्दो छ’, मन्त्री पौडेलले भन्नुभयो, ‘देश बाहिर पढ्न गएकाहरू नेपालमा आएर परीक्षा दिई डाक्टर बनिरहेका छन् । उनीहरूलाई नेपालमै पढ्ने र परीक्षा दिने व्यवस्था गरौँ ।’
देशमा पढ्ने व्यवस्था मिलाए शिक्षा प्राप्तिका लागि बाहिरिने रकम नेपालमै रहनेमा उहाँको जोड रहेको छ । मन्त्री पौडेलले कागजमा दक्ष जनशक्ति पर्याप्त देखिए पनि फिल्डमा नभएको गुनासो गर्नुभयो ।
‘अवसरमा प्रतिस्पर्धा गर्ने दायर बढाइ क्वालिटीको शिक्षामा ध्यान दियौँ भने मात्रै उत्पादित जनशक्ति बेरोजगार बस्नुपर्दैन’ मन्त्री पौडेलले भन्नुभयो । ‘शिक्षालाई नियमन गरौँ भन्दा हामी खुम्चिएका छौ’, मन्त्री पौडेलले भन्नुभयो,‘ केही ऐन र कानुनको जटिलताले गर्दा सीमित बाहेकले देशमा पढ्न पाउने अवसर गुमाइरहेका छन् ।’
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
