
जनस्वास्थ्य सरोकार। भारतले १२ वर्ष मुनिका बच्चाहरुका लागि दुई घरेलु खोपलाई स्वीकृति दिएको छ। कोभिड संक्रमण फेरि बढ्न थालिरहेका बेला सरकारले भारत बायोएनटेकले बनाएको कोभ्याक्सिनलाई ६–१२ उमेर समूहका लागि आपतकालीन प्रयोगको अनुमति दिएको स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले जानकारी दिए।
यो खोप यसअघि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र वयस्कहरूलाई लगाइएको थियो।त्यस्तै, दुई अन्य खोपहरूलाई पनि आपतकालीन स्वीकृति दिइएको छ। ५ देखि १२ वर्षका बालबालिकाका लागि कोर्बेभ्याक्स र १२ वर्षभन्दा माथिका बालबालिकाका लागि जाइडसको को दुई डोजलाई सरकारले स्वीकृति दिएको हो।
कोर्बेभ्याक्स हाल १२ देखि १४ उमेर समूहका बालबालिकालाई पनि लगाइँदैछ। सन् २०२१ को जनवरीमा कोभिड खोप सुरुगरेपछि भारतमा संक्रमितहरूलाई अहिलेसम्म १।८७ अर्ब डोज खोप लगाइएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


