
जनस्वास्थ्य सरोकार, विराटनगर । मोरङमा प्रहरीले दुई नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे–१ मा श्रीराम पाइल्स क्लिनिक सञ्चालक भारतको दार्जिलिङका २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैंचा–३ गछिया चोकमा कल्पना आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका दार्जिलिङकै २९ वर्षीय सनोड मण्डल छन् ।
मोरङ प्रहरी प्रमुख शान्तिराज कोइरालाका अनुसार दुवैले चिकित्सा शिक्षा अध्ययनको शैक्षिक प्रमाण पत्र र नेपाल मेडिकल काउन्सिलमा दर्ताबिना नै बिरामीलाई ठगी गर्दै आएका थिए ।
उनीहरुलाई जिल्ला अदालत मोरङबाट इलाजसम्बन्धी कसुरमा मंगलबार ५ दिनको म्याद थप गराई कारबाही प्रक्रिया अघि बढाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३ट्रेन्डिङ


