
जनस्वास्थ्य सरोकार, मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विश्वराज जोशी निलम्बित हुनुभएको छ ।
अघिल्लो सरकारले नियुक्त गरेको व्यक्ति हटाउने सिलसिला अन्तरगत प्राडा जोशीलाई बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले निलम्बन गर्नुभएको हो ।
उहाँ माथि छानबिन गर्न समिति गठन गरिएसँगै जोशी निलम्बित हुनुभएको बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यमलाल भुसालले जानकारी दिनुभएको छ ।
जोशीलाई केही समय अघिबाटै पदबाट हट्न दबाब आइरहेको थियो । मुख्यमन्त्री पाण्डेले छानबिन समिति गठन गरेसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा (३) बमोजिम उपकुलपति स्वतः निलम्बित हुनुभएको सचिव भुसालले बताउनुभयो ।
सचिव भुसालले मङ्गलवार उपकुलपति प्रा.डा. जोशीलाई सम्बोधन गरेर निलम्बन गरिएको पत्र पठाउनुभएको छ ।
प्राडा जोशीले भने निलम्बनको खबर पत्रकारमार्फत मात्रै जानकारी भएको र निलम्बनको पत्र बुझेपछि के गर्ने भन्ने योजना बनाउने बताउनुभयो ।
प्राडा जोशीलाई बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ साल साउन १६ गते ४ बर्से कार्यकालका लागि नियुक्त गर्नुभएको थियो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३


